म सानै छदा कहिले काही हाम्रो घर मा पहाडी केरा को डोको बोकेर आउनु हुन्थ्यो, एक जना बाजे। म हजुरबा लाइ सोध्थे को हुन् इनि भनेर। हजुरबा ले इनि मेरो मित हुन् भन्थे। हामि केरा खादै रमौंथ्यो र मित बाजे संग गफ गर्थ्योउ। बाजे ले हामि लाइ नेपाली बोल्न सिकाउनु हुन्थ्यो। बाजे १ हप्ता पछि फर्किनु हुन्थ्यो, १ बोरा चामल त्यहि डोको मा राखेर।
अहिले म सोचेर दङ्ग पर्छु। मित बाजे कोसौ टाढा पहाड बाट डोको बोकेर हाम्रो गाउ पैदल आउनु हुन्थ्यो र पैदल नै चामल बोकेर फर्किनु हुन्थ्यो। मोटर चल्दैनथ्यो त्यति बेला। हजुरबा ले भन्नु हुन्छ उहा धेरै गरिब हुनुहुन्छ भनेर। पहाड मा जिउनु गार्हो छ अरे।
त्यसैले नै होला धेरै पहाडी हरु चामल लिन तराई झर्थे २० साल पहिले।
हजुरबा ले भन्नु हुन्छ, हाम्रो ४० बिघा जमिन थियो। नवलपरासी का धेरै गाउ हरु मा थारु हरु जमिन्दार थिए। बिस्तारै पहाडी भाग बाट मानिस हरु तराई वोर्लिए। थारु हरु ले इन्लाई सरह दिए।
आज एकजाना पहाडी साथि ले को हुन् थारु र के का लागि आन्दोलन गरिरहेका छन् भनेर सोधे। मेरो कुनै जवाब थिएन। म उसको अनुहार हेरेर मुस्काए मात्र।